सुनकोशीमा डुबेर दुई बालकको मृत्यु
सिन्धुली । सिन्धुलीको सुनकोशी नदीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–५ सित्खास्थित सुनकोशी नदीको छुट्टिएर आएको सानो भङ्गालो किनारामा नुहाउने क्रममा उनीहरू डुबेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकाअनुसार सुनकोशी गाउँपालिका–४ घर भई हाल वडा नं. ३ बोहोरेटार बस्ने दलबहादुर पुलामी मगरका नौ वर्षीय छोरा सफल पुलामी मगर नुहाएको स्थानदेखि करिब १५० मिटर पूर्व नदी किनारमा मृत अवस्थामा फेला परेका थिए ।
त्यस्तै सुनकोशी गाउँपालिका–५ बन्दीपुर घर भई हाल वडा नं. ३ बोहोरेटार बस्ने सरिता बिकका १० वर्षीय छोरा युकेस बिक नदीमा बेपत्ता भएका थिए । खोजतलासका क्रममा चप्पल फेला परेको स्थानदेखि करिब ३० मिटर पूर्व नदीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय गोठालाले बालकहरू नदीमा नुहाउने क्रममा घटना भएको जानकारी प्रहरीलाई दिएका थिए । खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र शस्त्र प्रहरी बल नेपालको टोलीले घटनास्थल पुगेर खोज तथा उद्धार कार्य गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





2026-05-28-17-14-50.jpg)
प्रतिकृया दिनुहोस