सिन्धुली उद्योग वाणिज्य संघकी सचिव सिर्जना श्रेष्ठ बागमती प्रदेश कार्यकारिणी सदस्यमा मनोनीत

 सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुलीकी महिला सचिव सिर्जना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कार्यकारिणी सदस्यमा मनोनीत हुनुभएको छ ।


उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले नेपाल उद्योग वाणिज्य महासंघको विधान दफा ५३.३ (घ) बमोजिम उहाँलाई कार्यकारिणी सदस्यमा मनोनयन गरेको हो ।


नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेद बहादुर श्रेष्ठद्वारा हस्ताक्षरित मनोनयन पत्रअनुसार श्रेष्ठलाई प्रदेश उद्योग वाणिज्य महासंघको वृत्ति विकास, व्यवसाय प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षासहित उक्त जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।


नवमनोनीत सदस्य श्रेष्ठले निजी क्षेत्रको हकहित संरक्षण, उद्योगी व्यवसायीको समस्या समाधान तथा प्रदेशस्तरमा आर्थिक गतिविधि विस्तारका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको मनोनयनले सिन्धुली जिल्लाको प्रतिनिधित्व प्रदेशस्तरमा अझ सशक्त हुने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस