महिला उद्यमी विकास समितिको अध्यक्षमा टिका कुमारी थापा (निता)
सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको अध्यक्षमा टिका कुमारी थापा (निता) चयन हुनुभएको छ । शुक्रबार सिन्धुलीमाढीमा भएको उद्यमी महिलाहरुको भेलाले नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मनिषा लुइटेल, सचिवमा सृजना श्रेष्ठ, सह–सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा सिता देवी सत्याल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा ललिता न्यौपाने, शुसिला श्रेष्ठ, अन्जना थापा, निर्मला शाह, कल्पना कार्की, मञ्जु देवकोटा, जानुका गौतम, विनिता प्रधान, बन्दना थापा, मिना राना, सरिता राई, उमा देवकोटा, सुहाना भट्टराई, शुसिला बस्नेत, शोभा श्रेष्ठ, दुर्गा देवी श्रेष्ठलाई चयन गरिएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ समितिको संरक्षकमा हुनुहुन्छ भने सल्लाकारहरुमा उद्यमी विमला थापा, रिता लामिछाने र पत्रकार राधिका बुढाथोकीलाई मनोनीत गरिएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघको विधानअनुसार महिला उद्यमी विकास समिति गठन गरिएको अध्यक्ष थापाले बताउनुभयो । सिन्धुली उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष समेत रहनुभएकी थापाकाअनुसार महिला उद्यमी विकास समितिले महिला शसक्तिकरण र उद्यमी महिलाको क्षमता विकासमा विशेष जोड दिइने छ । अन्य सामाजिक कार्यमा समेत समितिले सहयोग पुर्याउने छ ।
सिन्धुली उद्योग वाणिज्य संघकीसमेत महिला सचिव रहेकी सृजना श्रेष्ठकाअनुसार महिला उद्यमी विकास समितिको प्रत्येक महिना बैठक बस्ने छ । उक्त बैठकमा हरेक सदस्यबाट पाँच सयका दरले रकम संकलन गरि बचत गरिने निर्णयसमेत भएको छ । संकलित रकम आवश्यकताअनुसार महिला शसक्तिकरण, क्षमता विकास, उद्यमी भम्रण र अन्य सामाजिक सेवामुलक कार्यमा खर्च गरिने छ ।
महिला उद्यमी विकास समितिकी गठन भएसँगै वाणिज्य संघअन्र्तगत गठन भएका समितिको संख्या १५ पुगेका छन् । महिला उद्यमी विकास समिति गठन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले नवगठित कार्यसिमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । नवगठित समितिका पदाधिकारीहरुलाई अविर र खादाले सम्मान गदँै समितिलाई अघि बढाउन आफ्नो पूर्ण साथ, सहयोग रहनेमा विश्वस्त रहन आग्रह गर्नुभएको थियो ।






प्रतिकृया दिनुहोस