रास्वपाको फिक्कल सभापतिमा संसार पहाडी सर्वसम्मत


सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी फिक्कल गाउँपालिका, सिन्धुलीको सभापतिमा संसार पहाडी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीकोे गाउँपालिका स्तरीय द्रोस्रो भेलाले युवा पहाडीलाई सभापति बनाएको हो । 


शनिबार फिक्कलमा सम्पन्न भेलाले उपसभापतिमा केसरी भुजेल, सचिवमा हिमाल कार्की, सह–सचिवमा चन्द्र बहादुर नेपालीलाई चयन गरेको छ । त्यसैगरी, सदस्यहरुमा लक्ष्मण सुनुवार, छत्र बहादुर खत्री, सुसन जोगी, निर्मला पहाडी, प्रेम प्रसाद पहाडी र बेल बहादुर बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । 

नव–निर्वाचित पहाडीकाअनुसार पार्टीको पालिका स्तरीय भेलामा एक सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु अन्य विभिन्न पार्टी परित्याग गरी रास्वपापा प्रवेश समेत गरेका छन् ।


फिक्कल–४ का नेकपा एमालेको वडा कमिटि अध्यक्ष गंगाराम पहाडी, एमालेका नेता विष्णु प्रपाद पहाडी, एमाले सिन्धुली क्षेत्र नं. १ का पूर्व संयोजक केशव पहाडी, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य उमेश पहाडी र फिक्कल–४ का कांग्रेस सचिव दुर्गा मगरसहितका नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेको हुन् । 


स्थानीय मुद्धालाई केन्द्रमा राख्दै जनतासँग प्रत्यक्ष जोडिने रणनीतिसहित भेला सम्पन्न भएको रास्वपाका नेता बताउँछन् । आगामी दिनमा पार्टीलाई थप सशक्त बनाउँदै जनसरोकारका मुद्धामा सक्रिय रुपमा लाग्ने उनिहरुको प्रतिबद्धता छ । 

प्रतिकृया दिनुहोस