गजल - प्रेममा व्यापार

प्रेममा पनि आजकल चल्छ रे व्यापार,

साँचो दिल हारेको छ, जिते झुट्का प्रचार।

 

म त भावनाको सौदा लिएर आएँ,
तिमीले माग्यौ धन, सौन्दर्य र उपहार।

 

नयन बोलेका थिए माया गहिरो,
तर रहरमा हरायौ, छाड्यौ साँचो प्यार।

 

तिमीले हाँसेर बेचेछौँ सपनाहरू,
म त झुक्किएछु, सोचेको थिएँ संसार।

 

अहिले बुझें—यो समय बदलिएको छ,
यहाँ प्रेम होइन, गनिन्छ पैसाको आधार

प्रतिकृया दिनुहोस