वनमा लालिगुराँस ढकमक्क

तस्वीरमा सिन्धुलीको फिक्कल गाउँपालिका अन्र्तगत रहेको वन क्षेत्रमा पहाडहरू ढकमक्क फुलेको लालिगुराँस । यो दृश्यले जो कोहीलाई मोहित बनाउँछ  । गुराँसका फूलहरू हल्लिँदा लाग्छ, प्रकृतिले आफैंलाई सजाएर कुनै उत्सव मनाइरहेकी छ ।


कमलामाई नगरपालिकाको माथिल्लो भेग, हरिहरपुरगढी, तिनपाटन र सुनकोशी लगायत आसपासका वन क्षेत्र अहिले गुराँसले थप सजाएको छ । लालिगुराँस नेपालको राष्ट्रिय फूल हो ।

 

यो फूल सिन्धुलीका मध्यम पहाडी भू–भागमा सजिलै भेटिन्छ । विशेषगरी चैत–बैशाख महिनामा यसको सौन्दर्य उत्कर्षमा पुग्छ ।
 

प्रतिकृया दिनुहोस